‘कांग्रेसको काँधमा बन्दुक राखेर राजनीतिक स्वार्थ लिन खोज्नेबाट सचेत हुनुपर्छ’
- आश्विन २१, २०८० मा प्रकाशित
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतिका अगाडि उभिएको जस्तो देखिएको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता महरले देश र कांग्रेसका अगाडि चुनौति रहेकाले त्यसको समाधानमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
‘आफ्नो अगाडिको चुनौतिलाई चिर्न कांग्रेसले चिन्ता र चासो लिनुपर्छ । कांग्रेसको काँधमा बन्दुक राखेर क्षणिक राजनीतिक स्वार्थ लिन खोज्नेहरूबाट समेत हामी सचेत हुन जरुरी छ,’ महरले भने । देशमा अस्थिरता ल्याउन खोज्नेहरू सक्रिय हुन नसकुन् भनेर कांग्रेसले गठबन्धन गर्नु परेको बताए ।
आफू सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेको र त्यसले कांग्रेसलाई फाइदा नप¥याउनेमा दृढ रहेको उनले बताए । ‘मैले कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नु हुँदैन भनेर फरक मत राखेको थिएँ । त्यो हाम्रा लागि हितकर थिएन । कांग्रेसको ग्रास रुटमा पनि गठबन्धन हुनु हुँदैन भन्ने चाहना थियो । अबको निर्वाचनमा हामी गठबन्धन गर्नु नपर्ने गरी बलियो रूपमा अगाडि बढ्नु पर्छ’, उनले भने ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments