•  ८ मंसिर २०८१, शनिबार
  •  2:42:47 AM

नेकपा एसको जागरण अभियान : १० वर्षमा बेरोजगारी उन्मूलन गर्ने प्रमुख एजेण्डा

- आश्विन १७, २०८० मा प्रकाशित



झापा । नेकपा एकीकृत समाजवादीले मुलुक रूपान्तरणका एजेण्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन मेची–महाकाली समाजवादी जागरण अभियान सुरु गरेको छ । रोजगारी, समृद्धि र सुशासन मूल नाराका साथ झापाको काँकडभिट्टाबाट गत आइतबार अभियान सुरु भएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अभियानको उद्घाटन गर्दै एकीकृत समाजवादी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पार्टीसँग जनतालाई जोड्न अभियान संचालन गरेको बताए । उनले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर नभइ, जुटेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘समाजवादको बाटोमा कम्युनिस्टहरू बीचमा एकता आवश्यक छ । त्यसैकारण चार कम्युनिस्ट पार्टीबीच मोर्चा बनेको हो । समाजवादी मोर्चामा आउन चाहनेहरूका लागि ढोका खुल्लैछ ।’

Comments

सम्बन्धित खवर