झापामा कपडा गोदाममा प्रहरीको छापा, कपडा सहित कस्मेटिक सामग्री पनि बरामद
- चैत्र ५, २०७९ मा प्रकाशित
झापा । झापाकाे भद्रपुरमा दर्ता बिनाको गोदाममा राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर– ८ स्थित गणेश मन्दिर नजिकै मोहम्मद अफरोजको घरको एउटा कोठामा राखिएको ८ पोका कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
स्थानीय दीपेश कामतीले आवश्यक कानुनी प्रक्रिया अर्थात् आन्तरिक राजश्व कार्यालय वा भद्रपुर नगरपालिकामा गोदाम दर्ता नगरी अफरोजको सटर भाडा लिएर लत्ताकपडाको कारोबार गर्दै आइरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले शक्रुबार बेलुका साढे ७ बजे छापा मारेको थियो ।
प्रहरीले गोदाममा छापा मारेर ५ पोका कपडा र ३ पोका झुल बरामद गरेको डीएसपी रिजालले बताए ।
प्रहरीले छापा मार्दा सम्बन्धी समान धनी कामतीले गोदाममा फेला परेको समानको आधिकारिक कुनै कागजात देखाउन नसकेपछि सो सामान अवैध भन्दै जिल्ला लगिएको थियो ।पछिल्लो समयमा भद्रपुर- ५ स्थित दोभान, गणेश मन्दिर पूर्व र कालीका टी स्टेटको नाकाबाट अवैध रुपमा लत्ताकपडा भन्सार छलेर नेपाल भित्रिरहेको प्रहरीलाई सूचना प्राप्त भएको थियो ।
सोही नाकाबाट सो सामान ल्याएर गोदाममा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय नकालबन्दाबाट खटिएको संयुक्त प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा मेचीनगर नगरपालिका ५ राजवंशी टोल बस्ने काली चरणको घरबाट विभिन्न किसिमको कस्मेटिक सामान बरामद गरेको छ ।
सो सामान नेपालबाट अवैध रुपमा भन्सार छलेर भारत तर्फ लैजान त्यहाँ राखिएको थियो । बरामद गरिएको ८ पोका कपडा र कस्मेटिक सामानको ८ लाख ५० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments