•  ९ मंसिर २०८१, आईतवार
  •  5:49:15 AM

कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौैंको सडकमा प्रदर्शन

- फाल्गुन २०, २०७९ मा प्रकाशित



इटहरी । कोशी प्रदेशको नामाकरणको विरोधमा काठमाडौंको सडकमा पनि प्रर्दशन भएको छ । शुक्रबार माइतीघर मण्डलामा कोशी नाम खारेजको माग गर्दे किरात राई यायोख्खाले विरोध प्रदर्शन गरेको हो ।कोशी प्रदेश नामाकरण विरुद्ध प्रदेशको अधिकांश जिल्लामा दिनँहु सडकमा प्रदर्शन भइरहेको छ ।

यायोक्खाको प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि किरात प्रदेश नाम राख्नुपर्ने माग रहेको छ ।

फागुन १७ कालो दिन, कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद लगायत प्लाकार्डसहित उनीहरूले प्रर्दशनमा उत्रिएका हुन् ।

Comments

सम्बन्धित खवर