•  ९ मंसिर २०८१, आईतवार
  •  2:16:47 AM

बिराटनगर दशगजा क्षेत्रका हाेटल अपराधि लुक्ने स्थल बनेपछि तत्काल बन्द गर्न निर्देशन

- मंसिर २६, २०७९ मा प्रकाशित



इटहरी । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजामा पर्ने चारवटा होटल बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । स्थानीयको मागअनुसार विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष समिम कमरले दसगजा क्षेत्रमा रहेका मदिरा बिक्री गर्ने होटल बन्द वा स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो ।

वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रमा रहेका होटलका कारण अपराध बढेको भन्दै पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरिएको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ ।

त्यस क्षेत्रको राइस मिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दसगजा क्षेत्र तथा प्रहरी पोस्टपूर्व दुई सय मिटर दूरीमा पर्ने मदिरा पसल बन्द र होटल गर्ने निर्णय गरिएको थियो ।

“दसगजा नजिकैका होटलले सामाजिक सद्भावमा असर पारेको मात्रै नभई अपराधको जोखिम बढाएको छ । दुई देशको सीमा खुला रहेका कारण मदिराजन्य होटल बन्द गराउन आवश्यक देखियो,” वडाध्यक्ष कमरले भन्नुभयो

Comments

सम्बन्धित खवर