एकआपसको १८औं वार्षिक साधारण सभामा बिद्यार्थी देखि ज्येष्ठ नागरिक सम्मलाई सम्मान
- कार्तिक २७, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनीबार १८औं वार्षिक साधारण सभा सम्मन्न गरेको छ ।
संस्थाका अध्यक्ष मन बहादुर विक (दिनेश)को अध्यक्षता तथा सोही संस्थाका पुर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलको प्रमुख आतिथ्यमा १८औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा अध्यक्ष विकले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा यस वर्ष विगतको तुलनामा ३६प्रतिसतले खुद मुनाफामा आर्जन गर्न सफल भएको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा संस्थाको खुद मुनाफामा ११लाख ९०हजार ५२ रुपैया पुगेको जनाइएको छ । त्यसै गरी संस्थाको शेयर पूँजि एक करोड ५६लाख ९ हजार ८ सय रुपैया पुगेको समेत अध्यक्षले विकले जानकारी गराए ।
कार्यक्रममा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएयो भने एसईई र स्नातक तहमा ए ग्रेड अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका सन्ततीहरुलाई सम्मान गरियो । त्यसै गरी शेयर सदस्यका परिवारका ८० वर्ष पुरा गरेका जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरियो ।
वार्षिक साधारण सभामा संस्थाका पुर्व अध्यक्ष केशवकुमार विष्ट , चन्द्रप्रसाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
Comments