•  १० मंसिर २०८१, सोमबार
  •  10:44:51 AM

इटहरीमा ज्वाइकाे हत्या गर्ने जेठान सार्वजनिक : घटना याेजनावद्ध देखिएन , रिस थाम्न नसकेपछि हत्या : प्रहरी

- आश्विन २४, २०७९ मा प्रकाशित



इटहरी । गत शनिबार साझ इटहरीको मुख्य चौकमा सफारी चालकको हत्या गरी फरार अभियुक्तलाइ इटहरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्या गरी फरार भएका अभियुक्तलाइ १२ घण्टा बित्न नपाउदै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले सफारी चालक इटहरी  इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रशाद ढकालको उपस्थितीमा सोमबार हत्यामा संलग्न भुजेल र हत्यापछि फरार हुन सहयोग पुर्याउने सहयोगी मण्डललाइ सावर्जनिक गरिएको हो ।

 घटनापछि फरार भुजेललाइ मण्डलले निजको सफारीमा चढाएर  टंकिसिनुवारी सम्म पुर्याएर छोडेको अनुशन्धानको क्रममा खुलेको छ ।प्रारम्भिक अनुशन्धानका अनुसार घटना कुनै सुनियोजित नभइ पारिवारिक बिमेल र रिसको आवेग रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी अटो व्यवसायी संघ इटहरी उपमहानगर कमिटी अध्यक्ष हुन भने हत्यामा संलग्न भुजेल सोहि संघका सदस्य हुन ।

घटना भएका्े दिन शनिबार बिहान चौधरी र भुजेल बिच भनाभन भएको थियो । बिवाद उग्र बनेपछि गाउकै भद्र भलाद्मीहरू बसेर सुल्झाएका थिए । अबदेखि झगडा नगर्ने भनेर दुवै जना मिलेपनि दिउसोबाट भुजेल पुनःआक्रमण बनेका थिए । उनले दिउसैदेखि काटछु भन्दै धारिलो हतियार बोकेर चौधरीको खोजीमा निस्किएको र साझ इटहरीको नेश्नल गल्लीमा देख्नासाथ धारीलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।  धारिलो हतियार प्रहार हुदा  भुजेलको वाया हात छिनेको थियो ।

उनलाइ उपचारको निमित्त बीपी प्रतिस्ठान लगिएपनि चिकित्सकहरूले शनिबार राती ८ बजे मृत घोषित गरेका थिए । घटना पछि अभियुक्त भारत तर्फ भागेको अनुमान सहित जिल्ला प्रहरी कार्यालय सुनसरी , इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश प्रहरी कार्यालयले संयुक्त रूपमा खोजी कार्यलाइ तिब्रता दिइएको थियो । खोजी गर्ने क्रममा उनलाइ नेपाल भारत अन्तरगत मोरङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ पछि भुजेललाइ कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गराइ अदालतबाट ५ दिनको म्याद थप गराएर अनुशन्धान आवस्यकिय अनुशन्धान प्रकृिया अघी बढाएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रशाद ढकालले बताए । 

Comments

सम्बन्धित खवर