भद्रपुर भन्सारले उठायो लक्ष्यभन्दा कम राजस्व
- श्रावण १३, २०७९ मा प्रकाशित
इटहरी ।भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको छ । जम्मा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली गरेको कार्यालयले जनाएको छ ।
सूचना अधिकारी प्रभुनारायण मेहताका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो । उनले कोभिड–१९ का कारण लामो समय नाका बन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताए । कार्यालयले भन्सार महसुलवापत दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि करवापत १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत ८५ लाख ७० हजार, कृषि सुधार शुल्कवापत एक करोड ३२ लाख ४८ हजार, भन्सारसम्बन्धी अन्य आय ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करबापत पाँच हजार राजस्व असुली भएको उनको भनाइ छ ।
यस भन्सारबाट सबैभन्दा बढी कपडा, सुर्तीजन्य पदार्थ, माछा र जुत्तालगायतका सामग्री बढी मात्रमा आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । भद्रपुर नाका हुँदै एक वर्षको अवधिमा भारतलगायत तेस्रो मुलुकमा कुनै पनि प्रकारका सामान निर्यात नभएको सूचना अधिकारी मेहताले बताए । गत आर्थिक वर्ष २०७७/७८ समेत यस भन्सारले लक्ष्यको ९० प्रतिशत मात्र राजस्व असुली गरेको थियो ।
विसं २०७५ साउनबाट छोटी भन्सारबाट मूल भन्सार कार्यालयका रुपमा सञ्चालनमा आएको यस भन्सारको मातहतमा पाँचवटा छोटी भन्सार कार्यालय रहेका छन् । त्यसमा पाठमामारी, पन्थपाडा, घेराबारी, केचना र झापा कमुरखोद छोटी भन्सार रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments