
सेयरबजार गिरावटकाे असर : मस्कले अर्बौं डलर गुमाए, जुकरबर्गको सम्पत्ति आधा घट्यो
- असार १९, २०७९ मा प्रकाशित
काठमाडाै । सेयरबजारमा आइरहेको लगातारको गिरावटले ठूलासाना लगानीकर्तालाई मात्रै होइन ठूला ठूला अर्बपतिलाई नै नोक्सानी पुर्याएको छ। सन् २०२२ मा संसारका धनकुबेरहरुको खर्बौं डलर डुबेको छ। संसारकै धनी इलोन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ।
ब्लुम्बर्गको अर्बपति सूचकांक हेर्ने हो भने यो वर्षको सुरुवाती छ महिनामा मात्रै इलोन मस्कले करिब ६० अर्ब डलर घटेको छ। तर भारतका दुई अर्बपति अदानी–अम्बानीले भने यस्तो स्थिति देख्नुपरेको छैन।
ब्लुम्बर्ग सूचकांकअनुसार मस्कको कुल सम्पत्ति सुरुवाती छ महिनामा घटेर २ खर्ब १० अर्ब डलरमा झरेको छ। यो छ महिनामा उनले ५९ अर्ब ९० करोड डलर गुमाएका छन्। विश्वकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति पनि अहिले घटेर १ खर्ब ३३ अर्ब डलर रहनपुगेको छ। उनको सम्पत्तिमा छ महिनामा ५९ अर्ब ३० करोड डलरको गिरावट आएको छ।
यो वर्षको सुरु छ महिनामा टप १० मा सामेलमध्ये केवल भारतीय अर्बपतिको सम्पत्ति मात्रै बढेको छ। गौतम अदानीको सम्पत्ति २२ अर्ब ३० करोड डलर बढेर ९८ अर्ब ८० करोड डलर पुगेको छ। उनी अहिले पनि विश्वका टप १० अर्बपति सूचीमा छैटौं स्थानमा छन्।
त्यस्तै अर्का भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा पनि तीन अर्ब डलर बढेको छ। उनको कुल सम्पत्ति ९३ अर्ब डलर नजिक छ। त्यस्तै अजीम प्रेमजीको सम्पत्ति यही बेला १५ अर्ब ५० करोड डलर घटेको छ भने शिव नाडरको सम्पत्ति ८ अर्ब ५१ करोड डलर घटेको छ। राधाकिसन दमानीको ७ अर्ब ४० करोड डलर घटेको छ भने लक्ष्मी मित्तलाई चार अर्ब ५९ करोड डलर नोक्सानी भएको छ।
यो वर्षको छ महिनाको कुरा गर्दा चर्चित सामाजिक सञ्जाल फेसबुकका मार्क जुकरबर्गको कुल सम्पत्ति ५९ अर्ब तीन करोड डलर रहनपुगेको छ। यो अवधिमा उनको ६५ अर्ब ९० करोड डलर गिरावट आएको छ। यो कुलमध्ये आधाभन्दा बढी गिरावट हो। अहिले त उनी विश्वका १० ठूला धनीको सूचीबाट बाहिरिइसकेका छन्। उनी १७औँ स्थानमा पुगेका छन्।
१० ठूलामध्ये फ्रान्सका बनार्ड आर्नोको सम्पत्ति २०२२ को सुरुवाती छ महिनामा ५० अर्ब ४० करोड डलर घटेपछि एक खर्ब २८ अर्ब डलरमा झरेको छ। त्यस्तै बिल गेट्सको सम्पत्ति २२ अर्ब ९० करोड डलर घटेर एक खर्ब १५ अर्ब डलरमा झरेको छ।ल्यारी पेजको २९ अर्ब ३० करोड डलर र वारेन बफेटको १२ अर्ब ५० करोड डलरको भारी नोक्सान भएको छ। सर्जेई ब्रिनको पनि २८ अर्ब ३० करोड डलर घटेको छ भने स्टिभ बाल्मरको सम्पत्तिमा १३ अर्ब ७० करोड डलरको नोक्सानी भएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments