रामधुनी ५ का माओवादी उम्मेदवार चौलागाईँद्वारा सुकुम्बासीलाई धनीपुर्जा दिने प्रतिबद्धता
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष उम्मेदवार अच्युतकृष्ण चौँलागाईले वडामा भएका सुकुम्बासीहरुको पहिचान गरेर लालपुर्जा उपलव्ध गराउन पहल गर्ने आफ्नो मुख्य योजना रहेको बताएका छन् । आफुले वडा अध्यक्षको रुपमा जित हासिल गरे कक्षा ११ र १२ को पढाइ खर्च नगरपालिकाले व्यहोर्नेसमेत उनले उल्लेख गरे ।
नेकपा माओवादी केन्द्रमार्फत वडा अध्यक्षको उम्मेदवारी दिएका चौलागाई रामधुनीको वडा नम्बर ५ ले भोगिरहेको डुवानको समस्याको समाधान गर्न सिंचाईको नहरसग सम्वन्वय गरी बाढिबाट आएको पानीलाई नहरमा मिसाउने र तथा
शिक्षाका क्षेत्रमा रामधुनी ५ मा रहेको रामधुनी आधारभुत विद्यालयलार्य आवासीय विद्यालयको रुपमा स्तरउन्नती गर्ने र वडा नम्बर ५ मा रहेको कोरोना अस्पताललाई स्तरउन्नती गरी ५० शैष्याको हस्पिटल बनाउने समेत चौलागाईको योजना रहेको छ ।
विशेष गरी रामधुनी ५ मा कारागारबाट आउने फोहोरको व्यवस्थापन र बाढी नियन्त्रण चुनौती रहेकाले चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर वडाको विकासमा बिशेष भुमिका निर्वाह गर्ने माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार चौलागाईले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments