एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ ।
हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ ।
अधिकारीहरूका अनुसार बसमा ६६ जना यात्रुहरु सवार थिए भने बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।




























Discussion about this post