एजेन्सी । नेपाल– भारत सीमानाका सुनौलीबाट दिल्ली जाँदै गरेको बस उत्तरप्रदेशमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा २४ जना घाइते भएका र ६ जनाको अवस्था गम्भीर रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मृतकहरूको पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए।
उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बस अन्यिन्त्रित हुँदै १०० मिटर पर बिजुलीको हाइटेन्सन पोलमा ठक्कर खाएको थियो । त्यसपछि हाइटेन्सन पोल भाँचिएर बसमाथि खसेको र आगलागी भएको समाचारमा उल्लेख छ ।बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ।
भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।दुर्घटना मंगलबार बिहान २:३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।चालक र कन्डक्टरको अवस्था अज्ञात छ।




























Discussion about this post