एजेन्सी । चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना गरिएको छ। जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ। कार्यक्रममा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।
सैन्य परेड समारोहमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको बीबीसीले जनाएको छ। यसैबीच परेडअघि सी, पुटिन र किम जोङ उन सँगै देखिएका छन्।यी तीन नेता सार्वजनिक रूपमा सँगै देखापरेको पहिलोपटक हो।



























Discussion about this post