यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान
- बैशाख १५, २०७९ मा प्रकाशित
भैरहवा: आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनकाे अनुमति दिएकाे हाे ।
यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हनु् ।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाे छ ।
प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments