•  १५ मंसिर २०८०, शुक्रबार
  •  12:31:02 PM

इटहरीमा २५ मतदानस्थल : १७ वटा संवेदनसिल ,१११ मतदान केन्द्र

- बैशाख ८, २०७९ मा प्रकाशित


इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सुनसरीकाे इटहरीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । इटहरी उपमहानगर कार्यालय परिषर भित्रै बिहीबार निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे हाे ।निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने इटहरी उपमहानगरका निर्वाचन अधिकृत नारायण रिमालले बताए । कार्यालय स्थापना संगै इटहरी उपमहानगरमा २५ मतदान स्थल र १ सय ११ मतदान केन्द्र रहने जनाइएकाे छ । जसमा १७ वटा संवेदनशिल रहेकाे निर्वाचन अधिकृत रिमालले बताए ।

उनले इटहरीकाे संवेदनशिल मानिएकाे निर्वाचन क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाइने पनि बताए । संगसंगै उनले इटहरी क्षेत्रमा सामान्य अवस्थाकाे ८ मतदान स्थल रहेकाे पनि जानकारी दिए । सुनसरीकाे १२ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी मतदाताहरू भएकाे इटहरी उपमहानगर मानिन्छ । २०७८ काे जनगणना तथ्यांक अनुसार इटहरी उपमहानगरमा कुल मतदाताहरूकाे संख्या १ लाख ४ हजार ६ सय २६ जना रहेका छन । जसमा ५४ हजार ७ सय महिला मतदाता हुन् भने ४९ हजार ९ सय २५ जना पुरुष मतदाता हुन् । 

यता निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गतेको समय तोकेको छ । आयोगले ११ र १२ उम्मेदवारको मनोनयन, १३ गते उम्मेदवारमाथि उजुरी दर्ता, १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम अधि सारेको छ  । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

आयोगले उम्मेदवार मनोनयनपत्रको लागि आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखको उम्मेदवारीका लागि धरौटी रकम तोकेको छ । जसअनुसार स्थानीय तहको वडा सदस्य पदमा उम्मेदवारी दिनेले ५ सय रूपियाँ धरौटी बुझाउनुपर्ने हुन्छ । त्यसै गरी वडा अध्यक्षका लागि एक हजार रुपियाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपियाँ धरौटी तोकिएको छ । नगर प्रमुख र उपप्रमुखको लागि पनि १ हजार ५ सय धरौटी रकम तोकिएको छ । आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

Comments

सम्बन्धित खवर