•  १४ मंसिर २०७९, बुधबार
  •  1:35:19 AM

सत्ता गठबन्धन : दुवै उपमहानगरमा कांग्रेसलाइ मेयर समाजवादि र माओवादिलाइ उपमेयर

- बैशाख ७, २०७९ मा प्रकाशित


Share This..


इटहरी । स्थानीय निर्वाचनको मिती नजिकिएसंगै नेतृत्वको विषयमा चर्चा र बिवाद भइरहेकै बेला ५ दलीय सत्ता गठबन्धनले बिवादित शहरहरूमा भागबण्डा मिलाएको छ । सुनसरीको इटहरी र धरान उपमहानगरमा गठबन्धनले मेयरकालागि नेपाली कांग्रेसलाइ र उपमेयरकालागि एकिकृत समाजवादि र एमाओवादिलाइ छाडदिएपछि दुवै उपमहानगरमा बिवाद साम्य बनेको छ ।

यस अघि धरान उपमहानगर र इटहरी उपमहानगरमा माधव नेपाल नेतृत्वको एकिकृत समाजवादिले नेतृत्वमा दावि गर्दै आएकोमा कांग्रेसले बिरोध गर्दै आएको थियो । गठबन्धनले शहरको राजनीतिक स्थितीको मुल्यांकन गर्दै दुवै उपमहानगरमा नेपाली कांग्रेसलाइ मेयरको जिम्मा दिएको छ भने समाजवादि र एमाओवादिलाइ उपमेयर छोडदिएको छ ।

इटहरीमा मेयरको दावि गर्दै आएका एकिकृत समाजवादिले उपमेयर पाएको छ भने धरानमा एमाओवादिले उपमेयर पाएको छ । इटहरीमा नेतृत्व कांग्रेसले लिनुपर्छ भन्दै चुनावि गित समेत सार्वजनिक गरिसकेको छ । नगरमा शक्तिसाली मानिएको कांग्रेसलाइ वायस गरेर अरू पार्टिलाइनै नेतृत्वको टिकट दिए बिद्रोह गर्ने कांग्रेस कार्यकर्ताहरूले चेतावनी दिदै आएका थिए ।

Comments

सम्बन्धित खवर