•  १५ चैत्र २०८०, बिहीबार
  •  2:19:27 AM

इटहरीका एक सय तीन बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपाने अभिनन्दित : सुनाए आफैले लेखेको कविता

- बैशाख ३, २०७९ मा प्रकाशित


इटहरी । एक सय तीन बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले आफनो अभिनन्दन कार्यक्रममा आफैले लेखेको कविता पढेर सुनाउनुभयो । १०३ बर्षको उमेरमा चश्मा नलगाइन पढनुभएको देखेर उपस्थित सवै छक्क परे ।

एक सय तीन बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेलाई उहाँकै निवास सुन्दरहरैचा –४मा अभिनन्दन गरिएको हो । उहाँले तेहथुमको चुहानडाँडामा शिक्षाको जगवसालेर शिक्षाको ज्योती प्रदान गर्नुभएको भन्दै उहाँले शिक्षा दिएका विद्यार्थीहरु र उहाँहरुका परिवारले अभिनन्दन गरेका हुन ।

विशेषगरि द्रोणचार र राममायाँ सिटौलाका चार भाई छोराका सन्ततीहरुले अभिनन्दन गरेका हुन । विक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिलो प्रधानाध्यापक भएर लामो समय अध्यापन गर्नुभएको थियो । त्यो विद्यालयको नाम समेत उहाँलेनै जुराउनुभएको हो । विद्यालयलाई कलेज वनाउनुपर्छ भन्ने अवधारणा पनि धरणीधर न्यौपानेकै थियो ।

हाल सो विद्यालय वीरेन्द्र इन्टरकलेज हुँदै तेहथुम वहुमुखी क्यापपसमा रुपन्तरण भई स्नातकोत्तरका कक्षाहरु संचालन भइरहेका छन । धरणीधर न्यौपानेकै प्रयासले हजारौ ब्यक्तिहरु शिक्षाको उज्यालो प्रकाश प्राप्त गरि राष्ट्र अन्तराष्ट्र क्षेत्रमा सुयोग्य जनशक्तिका रुपमा कार्यरत रहेकै भन्दै उहाँलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा वोल्नुभयो । उहाँहरुले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउनुहुने दीर्घजीवी न्यौपानेलाई राष्टलेनै सम्मान गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा अमेरिका वाट आएका कपिल सिटौला लगायत लक्ष्मी प्रसाद सिटौला,प्रेम प्रकाश सिटौला,डिल्लीराम सिटौला,राम सिटौला,डा रामजी तिम्सिना र तेज प्रसाद सिटौला लगायतले न्यौपानेले शिक्षाक्षेत्रमा पुरयाउनुभएको योगदानको चर्चा गर्नुृभयो । न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहपरीक्षा नियन्त्रण नन्द न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभयो ।

तेहथुम चुहानडाँडाबाट ताप्लेजुङ्ग ढुगेसाँघु बसाई सरेर जननेता मदन भण्डारीलाई समेत उहाँले साँवा अक्षर चिनाउनु भएको थियो ।१ सय ३ बर्षीय न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिलेसम्म चश्मा नलगाइ लेखपढ गर्नुहुन्छ । केहि न केहि गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि काब्य सृजना गरिरहनुभएको छ ।

उहाँका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।

Comments

सम्बन्धित खवर