•  १४ जेष्ठ २०८०, आईतवार
  •  9:42:23 PM

शुभलाभ सहकारीद्वारा मोवाइल बैकिङ्ग सेवा सुरु ,दिपक पोखरेलको अध्यक्षतामा नयाँ कार्य समितिको पदस्थापन

- बैशाख ३, २०७९ मा प्रकाशित


इटहरी । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवालाइ थप प्रभावकारी बनाउन प्रविधि संग जाेडदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ ।

     मोरङको लेटाङमा सहकारीले एक कार्यक्रमकाे आयोजना गर्दै मोवाइल बैकिङ्ग सेवा प्रारम्भ सहित हालै निर्वाचित भएका नयाँ पदाधिकारिहरूलाइ पदस्थापना समेत गराएकाे छ ।

   सहकारीलाई प्रविधिमैत्री वनाउने उद्धेश्य सहित सहकारीले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौ  र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

   मोवाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा रकम ट्रान्सफर गर्न सकिने सहकारीबाट बैकमा रकम ट्रान्सफर गर्न सकिने खल्ती , इसेवा, प्रभु पे ,क्युआर ,विद्युत महशुल भुक्तानी ,हवाई टिकट बुकिङ्ग गर्न सकिने सो अवसरमा सहकारीका उपाध्यक्ष दिपक थापाले जानकारी दिए ।

सहकारीका अध्यक्ष किरण पराजुलीको अध्यक्षतामा भएको पदस्थापना लगायतका कार्यक्रममा सहकारीको नया कार्यसमितिको पदस्थापना समेत गरिएको थियो ।

हालै सम्पन्न भएको सहकारीको साधारण सभाले दिपक पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपक थापा रहेका छन भने सदस्यहरुमा स्वागत श्रेष्ठ ,उमानाथ दाहाल ,रुपनायण भट्टराई , पवित्रा कुमारी घिमीरे निरौला र पवित्रा शर्मा घिमीरे चयन भएका थिए ।

   त्यसै गरी दुई दिने योग शिविरको समापन कार्यक्रम पनि सम्पन्न गरियो । दुई दिने योग तालिममा योग प्रशिक्षक गंगा ढकालले प्रशिक्षण गरेका थिए । सहकारीका सदस्यहरुलाई सहकारी तथा सामाजिक जीवन जिउने विषयमा भेषराज न्यौपानेको सहजिकरणमा मोटिभेसन तालिम समेत सञ्चालन गरिएको थियो । पदस्थापना सहित बैकिङ्ग सेवा शुभाराम्भ , योग शिविर र मोटिभेसन तालिम समापन कार्यक्रमका अवसरमा अध्यक्ष दिपक पोखरेलले २०६५सालमा स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारीमा हाल एक हजार ७सय सदस्य र आफनै दुइ तले भवनका कारोवार सञ्चालन भई रहेको जानकारी गराए ।

Comments

सम्बन्धित खवर