•  ६ बैशाख २०८१, बिहीबार
  •  5:51:33 PM

नेपाल ज्याेतिष परिषद प्रदेश एककाे प्रसाशनिक भवन उदघाटन 

- चैत्र २७, २०७८ मा प्रकाशित


इटहरी । माेरङकाे सुन्दरहरैंचा ५ स्थित नेपाल ज्याेतिष परिषद प्रदेश एक कार्यसमितिकाे आइतबार पदेशिक प्रसाशकिय भवन समुदघाटन गरिएकाे छ । औपचारिक कार्यक्रमकाे आयाेजना गर्दै आइतबार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले उक्त भवनकाे उदघाटन गरेका हुन । नगरपालीकाकाे १० लाख रूपैया अनुसान र ज्याेतिष परिषदका पदाधिकारीबाट ६ लाख २० हजार गरी १६ लाख २० हजारमा तयार भएकाे परिषदकाे प्रदेशिक प्रसाशकिय भवन उदघाटन गरिएकाे हाे । 

अहिले प्रसाशकिय भवन मात्र उदघाटन गरिए पनि भविस्यमा साेहि जग्गाकाे उत्तराखण्डमा नवग्रह रिसर्च सेन्टर सहितकाे भवन निर्माण गरिने याेजना रहेकाे नेपाल ज्याेतिष परिषद प्रदेश एकका अध्यक्ष विश्व प्रसाद लामिछानेले बताए । उनले अबकाे १० वर्षभित्र  अर्काे भवन निर्माण गरी नेपालमै पहिलाे पटक खगाेल तथा भुगाेल सम्बन्धि अनुसन्धान संग संगै प्रत्यक्ष अवलाेकन गर्न सकिने खालका प्रविधिहरू जडान गर्ने याेजना रहेकाे बताए । 

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालीकाका मेयर शिव प्रसाद ढकालले आवस्यक पेकाे खण्डमा नगरले परिषदलाइ जस्ताेसुकै सहयाेगहरू प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यत्रफममा नेपाल ज्याेतिष परिषदका संस्थापक अध्यक्ष तथा बिश्व ज्याेतिष महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष डा.लाेकराज पाैडेल , सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष रामप्रसाद रिजाल , नेपाल ज्याेतिष परिषद केन्द्रिय सल्लाहाकार भाेलानाथ खरेल लगायत अन्य पदाधिकारीहरूकाे उपस्थित रहेकाे थियाे ।  

Comments

सम्बन्धित खवर