
प्रदेश एकका २० प्रतिशत होटल व्यवसायीहरू बिस्थापित : तिनै तहको सरकारले सहयोग नगरेको गुनासो
- चैत्र २४, २०७८ मा प्रकाशित
इटहरी । पछिल्लो ४ वर्ष यता देखा परेको कोविड १९ का कारण प्रदेश एकमा २० प्रतिशत होटल ब्यवसायीहरू पुर्ण रूपले बिस्थापित बनेको इटहरीमा आयोजित एक कार्त्रफममा बताइएको छ । नेपाल पर्यटन बोर्ड,होटल व्यवसायी महासंघ नेपाल तथा होटल व्यवसायी महासंघ प्रदेश एकको संयुक्त आयोजनामा बिहीबार देखि इटहरीमा सुरू भएको साना होटल तथा लज ब्यवस्थापन सम्बन्धि २ दिने तालिममा सहभागि अधिकांस बक्ताहरूले यस्तो बताएका हुन ।
पछिल्लो तिन वर्ष लगातार कोरोना संक्रमण फैलिरहदा धरासयि बनेको होटल व्यवसायिहरूको समस्या सामधान गराइदिने तर्फ कुनै निकायको ध्यान नपुगेकै कारण प्रदेश एकमा २० प्रतिशत होटल व्यवसायीहरू पुर्ण रूपले बिस्थापित बनेको बक्ताहरूले बताए ।
होटल व्यवसाय महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष मणिन्द्र कटुवालले स्थानीय सरकार देखि संघिय सरकार सम्मले मारमा परेका होटल व्यवसायीहरूलाइ ठुला ठुला आस्वासन बाडेको तर सुनुवाइ कतैबाट पनि हुन नसकेको प्रति दुखेसो प्रकट गरे ।
त्यस्तै होटल ब्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष राजन दंगालले बैंकबाट लोन लिएर सञ्चालन भएका होटल तथा लजहरूको अवस्था अहिले दयनीय बनिसकको बताउदै धेरै जसोले स्थान संगै व्यवसायबाटै हात धुनुपरेको नमिठो यथार्थ सुनाएका थिए । उनले प्रदेश एकमा ८हजार बढी साना तथा ठुला हाेटलहरू रहेका थिए तर पछिल्लाे तिन वर्ष यता आक्रमक शैलिले काेबिड १९ काे संक्रमण फैलिदा १६ भन्दा बढि हाेटल तथा लजहरू पूर्ण रूपले बन्द भएकाे उनले बताए । पर्यटन प्रवर्धनको मुख्य अंग मानिएको होटल व्यसायीहरूको गुनासो प्रति तिनै तहका सरकार उदासिन बनिनु मुलुकको अर्थतन्त्रकालागि घाटाको ब्यापार भने जस्तै भएको उनको भनाइ छ । दुइ दिने तालिममा सहभागि अधिकांसले कुनै पनि व्यवसाय गर्दा अरूले गरेको देखेकै भरमा नर्गन सुझाव दिदै पहिला तालिम लिएर दक्ष बनिनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरकि उपप्रमुख लक्ष्मी गौतमले ब्यवसायले भने जस्तै पर्यटनको क्षेत्रमा इटहरी सरकारले सोचे जस्तो काम गर्न नसकेको स्विकार गर्नुभयो । सम्भावना धेरै भएपनि कानुन बाझिदा र बिविध कारणवस काम गर्न नसकेको प्रति दुखेसो प्रकट गर्नुभयो । उपप्रमुख गौतमले इटहरी पछिल्लो समय साना तथा ठुला लगानीको होटलहरू स्थापना हुने क्रम जारी रहदै गर्दा इटहरी होटलहरूको पनि हब बनिसकेको बताउनुभयो । पर्यटनको क्षेत्रमा होटल व्यवसायहरूले खेलेको भुमिका प्रति उच्च सम्मान प्रकट गर्दै उपप्रमुख गौगमले स्थानीय सरकार भएर पनि होटल व्यवसायहरूको निमित्त बजेट बिनियोजन गर्न नसकेको प्रति चिन्ता प्रकट गर्नुभयो ।
साना होटल तथा लज ब्यस्थापन बारे बिहीबारबाट सुरू भएको तालिममा प्रदेश एकको बिभिन्न जिल्लाहरूबाट ३० जना भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको छ ।
शुक्रबार सम्म रहने तालिममा साना होटल सञ्चालन गर्दा अपनाइनुपर्ने बिधि कानुन तथा समस्या र चुनौति बारे परामर्स दिइनुका साथै लज ब्यवस्थापन बारे तालिम प्रदान गरिने कार्यक्रम संयोजक होटल व्यवसाय संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । कार्यक्रममा व्यवसायीहरूलाइ प्रेम लिम्बु , अनिमेश बास्तोला र गगनमान श्रेष्ठले सहजिकरण गर्ने बताइएको छ । उक्त कार्यक्रममा आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश नम्बर १का संयोजक भबिष श्रेष्ठ , होटल व्यवसायी महासंघ प्रदेश नम्बर १का महासचिव बासुदेव वराल ,होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकास महतो लगायत अन्य बिशिस्ट ब्याकतिहरूको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments