
कांग्रेस नेता प्रसाइद्वारा प्रेस युनियन सुनसरीलाइ भवन निर्माणकालागि जग्गा प्रदान
- चैत्र २१, २०७८ मा प्रकाशित

इटहरी । लोकतन्त्रवादी पत्रकारहरु आवद्ध संस्था नेपाल प्रेस युनियन सुनसरीलाई आफनै भवन निर्माणका लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईले जग्गा उपलव्ध गराएका छन ।
उद्योग वाणिज्य संघ इटहरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत समालि सकेका समाजसेवी प्रसाईले इटहरीको पकलीमा रहेको आफनो ३० लाख बढी मुल्य पर्ने साडे ६ धुर जग्गा नेपाल प्रेस युनियन सुनसरीलाई उपलव्ध गराएका हुन ।
पत्रकारिताका माध्यमबाट समाजमा सराकारात्मक विकासमा पत्रकारहरुले खेलदै आएको भुमिकाको उच्च मुल्याँकन गर्दै पत्रकारिता गर्न पत्रकारहरुलाई सहज होस भनेर आफुले आफना स्वर्गीय आमाबुबाको स्मृतिमा भवन निर्माणका लागि जग्गा उपलव्ध गराएको जग्गाको धनपुर्जा हस्तान्तरण कार्यक्रममा वताए । धनीपुर्जा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रसाईले नेपाल प्रेस युनियन सुनसरीले भवन निर्माण थालेपछि भवन निर्माण कार्यमा समेत सहयोग गर्ने जानकारी दिए ।
धनीपुर्जा हस्तान्तरण कार्यक्रममा जग्गादाता प्रसाईले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई धनीपुर्जा हस्तान्तरण गरे । सोही अवसरमा नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि होलट व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले संघका तर्फबाट २५बोरा सिमेन्ट , नेपाली काँग्रेसका स्थानीयन नेताहरु श्याम रिजालले २५बोरा सिमेन्ट ,गोकुल प्रसाईले २५ बोरा सिमेन्ट, नवराज काफ्लेले ५१हजार बराबरको इटा उपलव्ध गराउने प्रतिवद्धता जनाए त्यसै गरी रोटरी क्लव अफ इटहरीकी अध्यक्ष सविना शोभा कोइरालाले २१हजार नगद उपलव्ध गराउने वताईन । भवन निर्माण कार्य आगामी २३ महिना भित्र सम्पन्न गर्ने नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले जानकारी गराए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का , सुनसरी शाखाका उपाध्यक्ष गणेश निरौला, फोटो पत्रकार संघ सुनसारीका अध्यक्ष गुरु ढकाल स्थानीय काँग्रेस नेता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments