
शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेको नागरिक अभिनन्दन गरिने
- चैत्र २०, २०७८ मा प्रकाशित

इटहरीः सुनसरीको इटहरीस्थित विश्व आदर्श कलेजका प्राचार्य तथा इटहरीको शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व लेखनाथ घिमिरेको नागरिक अभिनन्दन हुने भएको छ ।
इटहरीका वरिष्ठ साहित्यकार अनिल पौडेलको अध्यक्षतामा गठित २१ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समितिले अभिनन्दन गर्न लागेको समितिकी कोषाध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । ७७ वर्षीय साहित्यकार घिमिरले आफ्नो जीवनकालको चार दशकभन्दा बढी समय इटहरी क्षेत्रको शिक्षा र साहित्यको उत्थानमा अध्ययन अनुसन्धानका माध्यमबाट योगदान दिएर बिताएकाले उनको योगदानको उच्च कदर गर्दै अभिनन्दन गर्न लागिएको प्याकुरेलको भनाइ छ । नागरिक अभिनन्दन साहित्यकार घिमिरेको जन्मदिनको अवसर पारेर आगामी वर्ष २०७९ को माघ महिनामा गरिने समितिले जनाएको छ ।


सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments