•  ११ आश्विन २०८०, बिहीबार
  •  2:25:12 PM

अन्य पार्टि त्यागेर राप्रपामा प्रवेश गर्नेहरूकाे लर्काे : एकै दिन २०० बढि युवाहरू राप्रपामा प्रवेस

- चैत्र १७, २०७८ मा प्रकाशित


इटहरी । नेतृत्व परिवर्तन भइ राजेन्द्र लिंङदेनले पार्टि सम्हाले लगत्तै युवाहरूकाे राेजाइमा राष्ट्रिय प्रजातन्त्र पार्टि लाेकप्रिय बन्दै गएकाे छ । इटहरीमा अन्य पार्टिहरू परित्याग गरी एकैदिन २०० भन्दा बढि युवाहरूले राप्रपा राेज्दै पार्टि प्रवेशकाे घाेषणा गरेका हुन ।

स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै बिभिन्न दलहरूले आयाेजना गरेकाे कार्यक्रमहरूमा अन्य पार्टिहरू त्यागेर नया तथा पुराना पार्टिहरूमा प्रवेश गर्नेहरूकाे लर्काे लागिरहदा पछिल्लाे समय राप्रपा पनि युवाहरूकाे राेजाइमा पर्दै गएकाे हाे । 

इटहरीमा बिहीबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ईटहरी नगर समितिले आयाेजना गरेकाे एक कार्यक्रममा एकै पटक २०० भन्दा बढि युवाहरू कांग्रेस एमाले त्गाग गरी साे पार्टिमा प्रवेश गरेका हुन । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ईटहरी नगर समितिका अध्यक्ष बिरेन्द्र गुरूङकाे सभापतित्व र पूर्व मन्त्री तथा राप्रपाका केन्द्रिय नेता रामकुमार सुब्बाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नव प्रवेशि युवाहरूलाइ अविर र खादा लगाएर स्वागत सम्मान गरिएकाे थियाे । 

त्यस्तै बिशिस्ट अतिथिकाे रूपमा राप्रपा सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत , जिल्ला उपाध्यक्ष गणेश गौतम पूर्व केन्द्रिय सदस्य रामु पाेख्रेल ,ईटहरी नगर अध्यक्ष आकाश सुब्बा जिल्ला सचिव अनिल सुब्बा नगर उपाध्यक्ष घनश्याम गुरुङ्ग ” यमुना देबि धमला” रमजान मिया को उपस्थिति रहेको थियो ।

Comments

सम्बन्धित खवर