पीएनजीलाई हराउँदै फाइनल पुग्ने योजनामा नेपाल
- चैत्र १७, २०७८ मा प्रकाशित
काठमाडौं: घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । ‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो ‘, बुधबार मलेसियालाई पराजित गरेपछी कप्तान सन्दीपले भने।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments