•  ८ बैशाख २०८१, शनिबार
  •  7:10:04 PM

सशस्त्र प्रहरीद्धारा २ लाख ६८ हजारको अवैध कपडा बरामद

- चैत्र १७, २०७८ मा प्रकाशित


इटहरी ।सशस्त्र प्रहरीले २ लाख ६८ हजार २ सय २५ मुल्य बरावरको अवैध लत्ताकपडा बरामद गरेको छ ।भारतदेखि भन्सार छली गरि ल्याएको उक्त मुल्य बरावरको लत्ताकपडा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर १५ रानी बसपार्कबाट बरामद गरेको हो ।

बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले छालाको बेल्ट १ लाख ६८ हजार मुल्य बरावरको ६ सय ७२ पिस, नेटको साडी ३१ हजार ५ सय मुल्य बरावरको २१ पिस, टप्स सेट ३१ पिसलगायतका भन्सार छली गरेको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए । बरामद गरेको लत्ताकपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर