
सुन्दरहरैंचा ३का सुकुम्वासिलाइ निस्सा बितरण
- चैत्र १५, २०७८ मा प्रकाशित
इटहरी । विगत लामो समय देखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीलाई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ले निस्सा प्रदान गर्ने कार्यको थालनी गरेको छ ।
पहिचान भएका र जग्गा प्राप्तीका लागि निवेदन दिएका सुन्दरहरैचा वडा नम्बर ३ का सुकुम्वासी तथा भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलव्ध गराउने नीति अनुसार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक निस्सा वितरण गरिएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुगानाको अध्यक्षता तथा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३का सुकुम्वासी भुमिहिन तथा विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम सम्पन्न गरियोे । वडा नम्बर ३का ४सय १६ जनालाई जग्गाको निस्सा प्रदान गरिने तथा २सय परिवारको स्वास्थ्य विमा गरिने लक्ष्य अनुसार केही मानिसहरुलाई निस्सा तथा स्वास्थ्य विमा कार्ड उपलव्ध गराइयो । लक्ष्य अनुसार सवैलाई उपलवध्य गराईने समेत कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुंगानाले जानकारी दिए ।
निस्सा तथा स्वास्थ्य विमा कार्ड कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका प्रमुख ढकाल , उपप्रमुख धनमाया तामाङ ,वडाध्यक्ष ढुंगना लगायतले वितरण गरेका थिए । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ले जेष्ठनागरिक सम्मान , मातापिता सम्मान , गर्भवती महिलालाई पोसिलो खाना लगायतका लोकप्रिय कार्यक्रमहरु गर्दै वडावासीका हितका लागि सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments