
झापा पुगेर मन्त्री कार्कीले भने –जनताकाे सुरक्षा प्रति प्रदेश सरकार गम्भिर छ !
- चैत्र १५, २०७८ मा प्रकाशित
इटहरी । झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक समारोहका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार सान्ती सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बताए ।
सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको बताउँदै उहाँले सुविधायुक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको बताए ।नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने बताए ।
सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उहाँले भवनको उचित व्यवस्थापन गर्न उहाँले निर्देशन समेत दिए । प्रदेश सरकारले मेची पुलदेखि कोसी पुलसम्म तथा जोगवनी देखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको छ ।
सिसी क्यामेराले मानिसलाई अनुुशासीत बनाउने बताउँदै दुर्घटनामा कमी आउने बताउनुभयो । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्त्वपूर्ण हुने उनकाे भनाई छ ।कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा निर्माण भएको हो । भवन निर्माणका सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments