
चैत्र १९ गते देखि कन्ट्राेल इटहरी गाेल्डकप : बिजेतालाई नगद ७ लाख : दर्शकले प्याराफिटबाट हेर्न पाउने
- चैत्र १३, २०७८ मा प्रकाशित
इटहरी । काेराेना संक्रमणका कारण बिगत ३ वर्ष देखि स्थकित भएकाे इटहरी गाेल्डकप आगामि चैत्र १९ गतेदेखि इटहरी रंगशालामा हुने भएकाे छ । बिगतकाे वर्षकाे तुलनामा याे वर्ष अलि फरक ढंगले इटहरी गाेल्डकपकाे सुरूवात हुने खेल सम्बन्धि जानकारी गराउने उद्येस्य सहित अायाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
राष्ट्रिय जागृति क्ल्ब इटहरीले आगामि चैत्र १९ गते फुटबलकाे १२ औ संस्करण अन्तर्गत अन्तराष्ट्रिय आमन्त्रण कन्ट्राेल इटहरी गाेल्डकपकाे अायाेजना गर्ने भएकाे हाे । २६ गते सम्म चल्ने उक्त गाेल्डकपमा याे वर्ष २ वटा नयाँ टिमले सहभागिता जनाएका छन जसमा न्यु राेड टिम (NRT CLUB) काठमाण्डाै र एभिनियर फुटवल क्ल्ब क्यामरून रहेका छन ।
कन्ट्राेल लुब्रिकेन्स मुख्य प्रायाेजक रहेकाे प्रतियोगितामा नेपाल, भारत र एक क्यामरुनी सहित कुल ८ टोलीहरुको सहभागिता रहने भएका छन । जसमा आयोजक राष्ट्रिय जागृति क्लबसहित मनाङ मस्र्याङ्दी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, झापा–११, मोरङ–११, न्युरोडटिम (एनआरटी), एभनिर एफसी, क्यामरुन र कञ्चनजंगा एफसी, भारत रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल भने चैत्र २६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो । इटहरी–९, सुनसरी स्थित इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटी प्रदान गरिनेछ भने उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलईडी टिभी हात पार्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै अन्य व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments