
इटहरी जेशिजकाे एकदिने स्वास्थ्य शिविर : ३ सयबढि लाभान्वित
- चैत्र १०, २०७८ मा प्रकाशित

इटहरी । समुदाय लक्षित कार्यक्रम अन्तरगत इटहरी जेशिजले बिहीबार शहरकाे २ नं वडा शान्तिनगरस्थित सिंहदेवि चाैकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । बिश्व क्षयराेग दिवशकाे अवसर पारेर इटहरीकाे ग्रामिण भेगका वासिन्दाहरूमा तत्काल स्वास्थ्यकाे पहुच पुर्याउन र आफ्नाे स्वास्थ्य अवस्था बारे जानकारी गराउन एक दिने स्वास्थ्य शिविरकाे अायाेना गरिएकाे हाे ।
उक्त शिविरमा ३ शय भन्दा बढि लाभान्वित बनेकाे आयाेजक इटहरी जेशिजले बताएकाे छ । काेविड १९ काे संक्रमण फैलिरहदा प्रभावित भएका त्यहाका वासिन्दाहरूकाे फाेक्साे जाच गरिनुकासाथै प्रेसर , सुगर र किडनि समेत जाच गराइनुकासाथै शिविरमा खटिएका चिकित्सकहरूले स्वास्थ्य सम्बन्धी उचित परामर्स पनि प्रदान गरेका थिए ।
याे संगै स्कुले बालबालिकाहरूकाे अाखा दात तथा अन्य राेगहरूकाे पनि जाच गराइएकाे थियाे । इटहरी २ शान्ति प्राथामिक आधारभुत बिद्यालयकाे हाता भित्र भएकाे निशुल्क स्वास्थ्य शिवरमा ३ वर्षकाे बच्चा देखि ८४ वर्षका जेष्ठ नागरिक सम्मले निशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
विपी मेडिको, मनोकामना डेण्टल र अरविन्द आइ केयरको प्राविधि सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर धेरै जना कोभिड संक्रमण भई सकेको स्थानलाई छनोट गरेर आयोजना गरिएको आयोजक इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए ।
ग्रामिण क्षेत्रमै आएर विशेषज्ञ सहितको सेवा दिदा स्थानीय समेत हर्सित भएका छन । कतिपय स्थानीयलाई वाहिर गरेर जचाउन समस्या हुने अवस्था रहेमा शिवरले सहयोग पुर्याएको स्थानीय शिक्षक अनिता पौडेल मगरले वताईन ।
सो निःशुल्क फोक्सो परिक्षण सहितको स्वास्थ्य शिविरमा विपी मेडिकोका फिजिसियन डा. अमित खतिवडा , डा. गुन्जन त्रिताल वालरोग विशेषज्ञ डा. सुमित घिमीरेले सेवा दिएका थिए भने मनोकामना डेन्टलका दाँत रोग विशेषज्ञ डा.सुजन गौतम र अरविन्द आइ केयरका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments