
इटहरीमा क्रिकेट प्रतियोगिता : पहिलाे पटक दर्शकलाई नगद उपहार घाेषणा
- चैत्र १०, २०७८ मा प्रकाशित

इटहरी ।मारवाडी युवा मञ्च इटहरीले आउदाे शनिबार क्रिकेट प्रतियाेगिता गर्ने भएकाे छ । स्वास्थ्यकालागि खेलकुद र खेलकुदका लागि स्वास्थ्य भन्ने मुल नाराका साथ युवाहरूकाे समुहले एक दिवसिय क्रिकेट प्रतियाेगिता गर्न लाेकाे हाे । उक्त खेलमा बिजयि टिमलाइ ट्रफि , मेडल , प्रमाण पत्र प्रदान गरिनुकासाथै खेल हेर्न बसेका दर्शकहरूलाइ नगद रू ५ हजार घाेषणा गरिएकाे छ । जुन क्रिकेट खेलमा दर्शकलाइ नगद उपहार घाेषणा गरिएकाे इटहरीमा याे पहिलाे मानिएकाे छ ।
इटहरी क्षेत्रका दुर्गम स्थानमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारीको समयमा विद्यालयमै निशुल्क सेनेटरी प्याड उपलव्ध गराउने मुख्य उद्धेश्य राखेर आयोजना गर्न लागिएको प्रतियोगिता हेर्न आउने दर्शक मध्येवाट एक जना भाग्यशाली दर्शकलाई पुरस्कृत गरिने भएको हो ।
प्रतियाेगितामा प्रदेश एकका सुनसरी , माेरङ र झापा गरेर ८ वटा समुहले भाग लिने बिहीबार पत्रकार सम्मेलन मार्फत आयाेजक मारवाडी युवा मञ्च इटहरीले जानकारी दिएकाे छ ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको र प्रतियोगिता हेर्न आउने दर्शकहरु मध्येवाट भाग्यशाली एक जना दर्शकलाई नगद ५हजारले पुरस्कृत गरिने समेत संयोजक खेडियाले वताए ।
मारवाडी समुदायका मात्र खेलाडी सहभागी रहने प्रतियोगितामा ८वटा टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । जसमा इटहरी , विराटनगर र दुहवीका दुई दुई टिम र धरान र विर्तामोडका एक एक टिम रहने छ । आगामी शनिवार आयोजना हुने प्रतियोगिता सो दिन समापन हुने समेत आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments