•  ११ बैशाख २०८१, मंगलवार
  •  7:57:34 PM

महाधिवेशन अघि नै प्याब्सन अध्यक्ष निर्विराेध, अरू आजबाट चयन हुँदै

- चैत्र ९, २०७८ मा प्रकाशित


काठमाडौं: निजी क्षेत्रबाट सञ्चालित बिद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मा महाधिवेशन अघि नै अध्यक्ष निर्विरोध चयन भएका छन् । 

आगामी तीन वर्षे कार्यकालका लागि महाधिवेशन अगावै सहअध्यक्ष डिके ढुंगना अध्यक्षमा निर्विरोध भएका हुन् । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको छ ।

काठमाडौंमा आजबाट सुरु हुने प्याब्सन १५ औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित निर्विराेध भएकासहित २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।  महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर