•  १३ बैशाख २०८१, बिहीबार
  •  7:18:31 PM

ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय

- चैत्र ६, २०७८ मा प्रकाशित


लमजुङ: ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मितीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने बताए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर