
अस्पताल र पिडित पक्षबिच ४ बुदे माैखिक सहमति : आन्दोलनका सबै कार्यक्रमहरू स्थगित
- चैत्र ४, २०७८ मा प्रकाशित
इटहरी । इटहरीको पश्चिमलाइन स्थित एपेक्स अस्पतालको लापर्वाहिका कारण तरहरा बरगाछिका साडे ३ वर्षिय बालकको मृत्यु भएपछि उत्पन्न तनाब अन्तत ४ बुदे माैखिक सहमति संगै सकिएको छ ।प्रहरी प्रसाशन इटहरीका राजनीतिक दल , अस्पताल प्रसाशन र पिडित पक्षबिच बिहीबार राति ४ बुदे मौखिक सहमति पश्चात आन्दोलनका सबै कार्यक्रमहरू रोकिएका हुन ।
अस्पताल प्रसाशनले घटना प्रति दुख ब्यक्त गर्दै उच्च छानविन टोली गठन गरी दोषि उपर कार्वाहि गर्ने , पिडित परिवारलाइ तत्काल ५ लाख रकम र घाइतेलाइ ३५ हजार क्षतिपुर्ति दिने , आन्दोलन गरिरहेको समयमा पक्राउ परेका पिडित पक्षका चारैजनालाइ रिहा गरिने मौखिक सहमतिपछि आन्दोलनका सबै कार्यक्रमहरू रोकिएका हुन ।
पटक पटक वार्ता गर्ने भनिएपनि पिडित पक्षकाे अडानले सफल हुन सकेकाे थिएन । बिहीबार अवेर सम्म चलकाे वार्तामा पनि पिडित पक्षलाइ चित्त बुझाउन हम्मे हम्मे परेकाे थियाे । वार्ताको क्रममा अस्पताल प्रसाशनले एकहोरो पेल्न खोजेको पिडित पक्षको भनाइ छ । तर पिडित पक्षले कि अस्पताल बन्द हुनुपर्ने कि उपचारमा संलग्न डाक्टरलाइ निलम्बन गरि लाइसेन्स नै खारेज गर्नुपर्ने अडान कायमै राखेपछि बिहीबार साझ सम्म पनि सहमति जुटेको थिएन ।
यता अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पोख्रेलले पिडितको मागलाइ मध्यनजर गर्दै सम्बन्धित निकायबाट उच्च छानविन आयोग गठन गरी दोषि उपर कार्वाहि गरिने बताए । यो संगै अस्पताल प्रसाशनको तर्फबाट मानविय सेवा वापत पिडित परिवारलाइ रू ५ लाख प्रदान गरिनुका साथै आन्दोलनको क्रममा घाइते बनेका मृतक बालककि आमालाइ उपचार खर्चबापत रू ३५ हजार प्रदान गरिने बताइएको छ ।
यता पिडित पक्षका अनुसार अहिले मौखिक रूपमा मात्र बुझाइएकोले यसैलाइ सहमति भयो भन्न नमिल्ने बताएका छन आइतबार पुनः अर्को वैठक बस्ने र कागजी रूपमा सबैको हस्ताक्षर सहितको पत्र आएपछि मात्र पुरा सहमति हुने बताइएको छ ।
अस्पतालमा बुधबार साझ वान्ता भएपछि उपचार गराउन ल्याइएका साडे ३ वर्षिय वालक सन्देश साहलाइ कार्यरत नर्सले ओभर डोज सुइ लगाइदिएपछि मृत्यु भएको आरोप सहित पिडित परिवारले बिहीबार पूर्व पश्चिम राजमार्ग अवरूद्ध बनाउदै आन्दोलनमा उत्रिएका थिए ।
मृतक बच्चाका बाबु नविन शाहले बालकको शव काखमा राखेर दिनभरी अस्पताल बिरूद्ध आन्दोलन चर्काएका थिए । जुन भिडियो तथा तस्विर सामाजिक सञ्जालहरूमा भाइरल बनिसकेको छ ।
आन्दोलनका कारण इटहरीको एपेक्स अस्पताल परिषर दिनभर तनावग्रस्त बनेको थियो ।यता ४ बुदे सहमति जुटे संगै पिडित पक्षले मृतक बाललको शुक्रबार हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गर्ने जनाएको छ । आन्दोलन पश्चात उत्पन्न बिवाद साम्य बनेपनि अस्पताल भने सञ्चालनमा आएको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments