
माया घर सहयोगार्थ पुराणको प्रचार तिब्र : नगरवासि देखि पुर्व प्रधानमन्त्री ओली सम्मलाइ निम्तो
- फाल्गुन १७, २०७८ मा प्रकाशित

तेजबहादुर बन
इटहरी । महिलाहरूको हिम्मत र बिश्वासले जनमाएको इटहरीस्थित माया घर नेपालको सहयोगार्थ सातदिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको प्रचार तिब्र बनाइएको छ । आगामि फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको प्रचार देशभर तिब्र बनाइएको हो ।
पुराणलाई भब्यताका साथ सम्पन्न गराउन खटिएका स्वयमसेविहरूले स्थानीय नगरवासीहरू देखि राष्ट्रिय कलाकार हुदै प्रदेश एक सरकार र पुर्व प्रधानमनत्री केपि शर्मा ओलि सम्मलाई सहभागि हुन अनुरोध गर्दै निम्तो पुर्याइसकेका छन ।मानसिक रोगी तथा विभिन्न कारणले सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरि संरक्षण दिदै आएको मायाघर नेपालले आयोजना गर्ने पुराणमा बिभिन्न समितिहरू बनाइ दिइएको जिम्मेवार अनुसार काम थालेको बताइएको छ ।
पुराण अन्तरगत पहिलो चरणमा प्रचारको कार्यक्रम करिब अन्तिम चरणमा पुगेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । प्रचारकै क्रममा सुनसरी , मोरङ , झापा , इलाम , धनकुटा , पोखरा , काठमाणडौ लगायतका जिल्लाहरूमा माया घर नेपाल के हो भनेर सर्वसाधरणहरूलाइ बुझाएको र संस्थाले गर्दै आएको सेवाहरूको बिषयमा ब्याख्यात्मक वर्णन गरिएको जनाइएको छ ।
प्रचारकै क्रममा राष्ट्रिय कलाकार दिपा श्री निरौला , मनोज गजुरेल , हरिवंश आचार्य , मदन कृष्रण श्रेष्ठ लगायत नेपालका पूर्व प्रम केपि शर्मा ओली सम्म पुगेर स।स्थाको जानकारी दिदै एेतिहाशिक पुराणमा सहभागि हुन बिशेष अनुरोध गरिएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।


मायाघरमा आश्रिातहरुलाई शिक्षा देखि बिभिन्न क्षेत्रमा सेवा पुर्याउने उद्येश्यका साथ आवश्यक पर्ने रकमका लागि अक्षयकोष स्थापना गरी श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको आयोजना गर्न लागिएको जनाइएको छ । महायज्ञबाट रू १ कराेडकाे अक्षयकाेष स्थापना गर्ने लक्षय लिइएकाे छ भने कम्तिमा १ लाख भक्तजनहरूले अवलाेकन गर्ने लक्ष्य लिइएकाे जनाइएकाे छ ।
उक्त महायज्ञलाइ संस्थाकि संरक्षक तथा अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बाचन गर्ने जनाइएको छ । सिंगो देशलाइ सडक मानव रहित बनाउने अभियान र संकल्पलाइ टुंगोमा पुर्याउन यो महायज्ञले बशेष भुमिका निभाउने माया घर नेपालकि संस्थापक संक्षक भागवत मञ्जरी राधिका दासीले बताउनुभयो ।
वि.सं.२०७४ सालमा हिसां पिडित तथा मानसिक रोगी महिलाहरुलाई आश्रय दिने मुख्य उद्धेश्यले स्थापना गरिएको मायाघर नेपालले हाल सम्म ४हजार बढी मानिसहरुलाई पुनस्थापना तथा परिवार मिलन गराउन सफल भइसकेको छ । हाल माया घर नेपालमा एक शय १५ जनाले आश्रय लिदै आएका छन ।






सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments