•  १४ जेष्ठ २०८०, आईतवार
  •  9:41:05 PM

बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सडक खाली गरेर ब्यारिकेड राखियो (तस्विर सहित)

- फाल्गुन १२, २०७८ मा प्रकाशित


काठमाडौं / काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने ठुला तथा तिनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

Comments

सम्बन्धित खवर