•  ११ आश्विन २०८०, बिहीबार
  •  2:17:30 PM

इटहरी अस्पताललाई बाेकेर हिडन मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान

- फाल्गुन १०, २०७८ मा प्रकाशित


   इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई वोकेर हिडन मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ । एक कार्यक्रमका विच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेशिन प्रदान गर्नुभएकाे हाे । 

इटहरी उपमहानगरपालिकामा प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय,करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा संचालित अपाङ्गगता रोकथाम तथा पून स्थापना कार्यक्रम अन्र्तगत सो मेशिन इटहरी अस्पताललाई प्रदान गरिएको हो । यो मेशिनको सहायताले गर्भवति आमा तथा वच्चाको मृत्यूदर कम गर्न सकिने उपप्रमुख गौतमले विश्वास ब्यक्त गर्नुभयो ।
 उहाँका अनुसार कार्यविधि वनाएर प्रत्येक वडावाटै महिनाको एक पटक सेवा प्राप्त हुने गरि पोर्टेवल अल्ट्रासाउण्ड मेशिनको प्रयोग गरिने छ । अपाङ्गता भएका गर्भवति महिलाको घरमै पुगेर परीक्षण गर्ने ब्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । इटहरी अस्पतालका डा योगेश चेम्जोङ्गले पोर्टेवल अल्टासाउण्ड मेशिनद्धारा गर्भपरीक्षण गरेपछि आमा तथा वच्चाको मृत्यूदर घटेको दृष्ट्रान्त सुनाउनुभयो ।

 ११ जिल्लामा सरकारले संचालन गरेको सिइओएमसी कार्यक्रम मार्फत मृत्यूदर ५४९ वाट२४९मा झरेको वतानुभयो । कार्यक्रममा करुणा फाउण्डेसनका सुरज कुमार सरदारले ग्रामिण  भेगका गर्भवति आमालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने वताउनुभयो । आर्थिक अवस्था कमजोर भएका र  अस्पताल सम्म गर्भपरीक्षण गर्न नआउने आमाहरु लाभान्वित हुने उहाँको भनाई छ ।
Comments

सम्बन्धित खवर