
मन्त्री आलेकाे आक्राेश : जसले पशुपतिनाथमाथि गिद्धेदृष्टि लगाउँछ उसको कहिल्यै कल्याण हुने छैन
- फाल्गुन १०, २०७८ मा प्रकाशित
काठमाडौं । सँंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका छन् । आज महाशिवरात्रि पर्व-२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।
‘भारतीय सरकार प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नु भएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । त्यसकारण पशुपतिले सबैको रक्षा गर्नेछन् ।’
उनले थपे, ‘जसले पशुपतिमाथि गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदैछौं ।
यही फागुन १ गते उच्च अदालत पाटनले होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आवश्यक प्रमाण माग गरेको थियो । सोमबार अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments