•  २० माघ २०७९, शुक्रबार
  •  2:36:41 AM

बाबुराम भट्टराइकाे हत्या आफ्नै साथीबाट भएकाे खुलाशा

- फाल्गुन ९, २०७८ मा प्रकाशित


Share This..

इटहरी । मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको आफ्नै साथीले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सामान्य विवाद हुँदा आबेशमा आएर केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बूले आफ्नै साथी भट्टराईको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

पक्राउ परेका लिम्बू भट्टराईका साथी हुन् । उनीहरू गाडीका सह–चालक हुन् । केराबारीमा लाग्ने मचिन्द्र मेला घुम्न जाने क्रममा सामान्य विवाद हँुदा भट्टराईको २८ पुसमा राती ११ देखि १२ बजेको बीचमा हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको मोरङ डिएसपी मुकारूङले जानकारी दिए ।

भट्टराईको हत्या भएको ३७ दिनपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । २७ गते भट्टराई मेला जाने भन्दै घरदेखि हिँडेका थिए । उनी साथीहरुसँग मचिन्द्र मेला गएका थिए । ‘२८ पुसमा मेलामा लिम्बू मदिरा सेवन गरेपछि उनको भेट भट्टराईसँग भएको देखिएको छ ।

हजार बिघा नजिकको चौरमा उनीहरुको भेटभएपछि मुख छाडाछाड गर्दछन् र लिम्बूले खेलमैदान नजिक रहेको रडले भट्टराईको टाउँकोमा पटक–पटक प्रहार गर्दछन् । त्यसपछि भट्टराई त्यही ढल्छन्,’ डिएसपी मुकारूङले भने, ‘साथीको हत्या गरेपछि घनास्थलदेखि करिब दुई किलोमिटर टाढा रहेको जंगल बोकेर फालेको देखिएको छ ।’ अहिलेसम्मको प्रारम्भीक अनुसन्धानमा एक जनाको संलग्नता देखिए पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

भट्टराईको हत्या भएको ११ दिनपछि माघ ९ गते अन्दाजी १२ बजे केराबारी गाउँपालिका ८ हजार बिघा सामुदायिक वनमा शव भेटिएको थियो । वनभित्र ढलेको रुखको जरामुनि खाल्डो परेको ठाँउमा सडेर दुर्गन्धित अवस्थामा भट्टराईको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

साथीको हत्यागरेपछि नर्मल लाइफमा

साथीको हत्या गरेको रात लिम्बू केराबारीमा रहेको भाउजुको घरमा सुतेको खुलेको छ । त्यसपछि उनी नियमित आफ्नो काममा फर्किएका थिए । ‘गाडीमा सहचालकको काम गर्ने लिम्बू साथीको हत्या गरेपछि नर्मल लाइफमा फर्किएको पाइएको छ । ‘शव फेला परेपछि प्राविधिक पक्षदेखि भट्टराईसँग हिँडडुल गर्ने र मेला जाने उनीहरुको साथीसँग सोधपुछ भइरहेको थियो ।

यसैबीचमा लिम्बूलाई पनि हामीले निगरानीमा राखेर अनुसन्धान गर्दै आएका थियौं । लिम्बूले हत्यामा प्रयोग गरेको दशी रड पनि फेला पारेको र घटना स्वीकार गरेपछि शुक्रबार पक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा आइतबार कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर