•  १२ बैशाख २०८१, बुधबार
  •  3:15:06 AM

राखेपमा बाधा अड्काउ फुकाउ, कार्यकारी अधिकार सहसचिव पोखरेललाई

- माघ २७, २०७८ मा प्रकाशित


काठमाडाैं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्यसचिव मुद्दा सर्वाेच्च अदालतमा अडकिएपछि सरकारले बाधा अड्काउ फुकाएकाे छ ।

राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेकाे हाे ।

याे निर्णय गत मंगलबारकाे मन्त्रिपरिषद् बैठकबाट भएकाे हाे ।

राखेप सदस्यसचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय गरेअनुसार पाेखरेलले जिम्मेवारी पाएका हुन् ।

राखेपप दुई महिनादेखि राखेप सदस्यसचिवविहीन छ ।  सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्यसचिव पदबाट बर्खास्त गरेर टंकलाल घिसिङलाई नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।

तर, सिलवालले सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएकाे छ । अदालतले सिलवालको पदमुक्तिको निर्णय र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्न भनेको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर