•  १५ चैत्र २०८०, बिहीबार
  •  9:10:30 PM

युभेन्ट्सको १३औँ जित

- माघ २४, २०७८ मा प्रकाशित


काठमाडौं: इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । 

जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक  र डेनिस जाकारियाले १-१ गोल गरे  ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ  । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।

सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर