
ईः र महानगरबीच चार बुँदे सहमति, फुटपाथ व्यवसायीले बरामद सामान फिर्ता पाउने
- आश्विन ११, २०८० मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ । महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ सहमति भएको काठमाडौं महागरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो स्ट्याटस लेखी अभियन्ता ईः का माग पूरा गर्ने अधिकार आफूसँग नरहेको बताएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
लोकप्रिय मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
लोकप्रिय मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
ताजा मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
Comments