विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
- जेष्ठ १४, २०८० मा प्रकाशित
मोरङ । कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ । प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताए । प्रदर्शनकारीले भाटा, गुलेलीलगायतका घरेलु हतियारसहित आन्दोलनमा उत्रेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाकर्मीले कोशी प्रदेशका विभिन्न पहाडीलगायतका जिल्लाबाट आन्दोलनकारी बोकेर विराटनगरतर्फ आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गमा जाँच गरी फर्काउने र नियन्त्रणमा लने गरेका छन् । अहिले दिउँसो २ बजेबाट प्रदेशसभाको बैठक बस्ने भएकाले आन्दोलनकारीहरू विराटनगरको सहिद मैदान अगाडि भेला भएर प्रदर्शन गर्दै प्रदेशसभातर्फ गइरहेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments