
काेशी प्रदेश : प्रदेशसभा सदस्यलाई ल्यापटप बाड्ने निर्णयबाट पछि हट्यो सचिवालय
- जेष्ठ ११, २०८० मा प्रकाशित

इटहरी ।प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ । सांसदले ल्यापटप नलिने घोषणा गरेपछि खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एकसाता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो ।
लगतै कांग्रेस र नेकपा एमाले संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न आग्रह गर्ने निर्णय गरेको थियो । विकास निर्माणको भुक्तानी रोकिएका बेला ल्यपटप खरिद गर्नु लगत भएको दाबी गर्दै माओवादीले पनि खरिद प्रक्रिया रोक्न आग्रह गरेको थियो । कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले ल्यापटप खरिदको प्रक्रिया रद्ध गरिएको बताए ।
सांसदका लागि खरिदको प्रक्रिया अघि बढाएको ल्यापटप सांसदले नै नलिने बताएपछि खरिद प्रक्रिया रद्ध गरिएको उनले बताए । प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियो । प्रदेशसभा ९३ जना प्रदेशसभा सदस्य र प्रदेश सभाका सात वटा संसदीय समितिका सचिवलाई उपलब्ध गराउन भन्दै ल्यापटप खरिदको प्रकिया अगाडि बढाएपछि विरोध भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments