•  ७ बैशाख २०८१, शुक्रबार
  •  11:28:20 PM

अस्ट्रेलियामा चिनियाँ विद्यार्थीहरु आफैलाई किन गर्दैछन् अपहरण ?

- जेष्ठ ३, २०८० मा प्रकाशित


एजेन्सी । अस्ट्रेलियामा बसोबास गर्ने चिनियाँ विद्यार्थीहरुबाट पैसा असुल्न ठगहरुले उनीहरु आफैले आफैलाई अपहरण गर्न बाध्य पारिरहेको खुलेको छ। पछिल्लो एक महिनामा चारवटा यस्ता घटना सार्वजनिक भएका छन् ।

सञ्चारमाध्यमका अनुसार आफूलाई चिनियाँ अधिकारीको रूपमा प्रस्तुत गर्ने ठगहरूले चिनियाँ विद्यार्थीहरूलाई धम्की दिएर आफैलाई अपहरण गर्न बाध्य पारेर लाखौं अष्ट्रेलियाली डलर फिरौतीको रूपमा लिएको बताइएको छ । चिनियाँ विद्यार्थीहरुको उमेर १७ देखि २३ वर्षको बीचमा रहेको बताइएको छ । उनीहरूले हालसम्म चिनियाँहरुसँग सात लाख डलर अर्थात् १० करोडभन्दा बढी रकम असुलिसकेको बताइएको छ ।

अपराधीहरूले प्रायः आफू चिनियाँ दूतावास वा पुलिस भएको दाबी गर्छन्। पीडितहरूलाई चीनमा अपराधको आरोप लगाइएको वा तिनीहरूको पहिचान चोरी भएको बताउँछन्। त्यसपछि चिनियाँहरुले पैसा नदिए चीन फिर्ता पठाइदिने धम्की दिन्छन् र पैसाको माग गर्छन् ।

कतिपय अवस्थामा, पीडित विद्यार्थीहरूलाई आफ्ना साथीभाइ र आफन्तहरूसँग कुनै सम्पर्क नगर्न भनेर आँखामा पट्टी बाँधेर, बन्धक भएको नाटक गर्दै भिडियो खिच्न भन्छन्। त्यसपछि यस्ता भिडियोहरू प्रयोग गरी फिरौतीको रकम माग्ने गरेको बताइएको छ।

Comments

सम्बन्धित खवर