•  ७ बैशाख २०८१, शुक्रबार
  •  5:47:41 PM

जापानमा बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालीको मृत्यु

- जेष्ठ ३, २०८० मा प्रकाशित


काठमाडौँ । जापानमा बस दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार रोकिरहेको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित खवर