बेलबारीकाे ठूली एकीकृत कृषि फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
- जेष्ठ १, २०८० मा प्रकाशित
बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ ।सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताउनुभयो ।
“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताउनुभएका उहाँले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याउनुभएको थियो ।रु २५ लाखभन्दा धेरैको नोक्सानी भएको उहाँले जानकारी दिनुभयो । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ । उहाँले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आउनुभएको छ ।
बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भन्नुभयो , “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडाँै पठाइएको छ । ”रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो ।
सम्बन्धित खवर
-
ताजा चैत्र १५, २०८०किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गर्दै रोङ गाउँपालिका
-
ताजा चैत्र १५, २०८०चितवनमा ट्राफिक चेक हुँदै गरेको बसमा माइक्राे ठाेकियाे : आठ यात्रु घाइते
-
ताजा चैत्र १५, २०८०यो वर्षको एसईई आजदेखि, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै
-
ताजा चैत्र १५, २०८०बराहक्षेत्रमा कुम्भमेला : ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
-
ताजा चैत्र १५, २०८०इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
Comments