हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम
- जेष्ठ १, २०८० मा प्रकाशित
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिकरुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ ।गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्नसक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिएकी छन् ।
त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रुपमा लैजान पाउने गरी गहत खेती प्रवद्र्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताइन् । ‘रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ’, उनले भनिन्, ‘अब इच्छुक किसानलाई गहतको बीउ उपलव्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।’
नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ । गत असारमा सम्पन्न ११ औँ नगरसभाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सम्वन्धी नीति तथा कार्यक्रम पास गरेको थियो ।नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ ।
नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ । बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । हालसम्म गाउँघरमा गहत दालको रुपमा मात्र उपयोग हुने गरेको छ । नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ । एघार वडा रहेको उक्त नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ६, २०८१Бонусы За Регистрацию В Букмекерских Конторах 2024 Список Бонусов При Регистрации В Б
-
ताजा बैशाख ५, २०८१Ставки На Спорт В России на Sports Ru: список Лучших Букмекеров европе, Последние Новости, актуальные Прогнозы На Спортивные Матч
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments