•  ७ बैशाख २०८१, शुक्रबार
  •  9:45:51 AM

विराट नर्सिङमा काटिएको हात जोडियो

- बैशाख ३०, २०८० मा प्रकाशित


विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।

१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी काटिएको नसालाई ब्रेकियल आरट्री जोडिएको उपचारमा संलग्न डाक्टर गुप्ताले बताए ।

‘यसरी उपचार गरिने प्रविधिलाई भास्कुलर सर्जरी भनिन्छ,’ डाक्टर गुप्ताले भने । भास्कुलर सर्जरी अहिले विरलै हुने गरेको उनले सुनाए । एक दशक बढी विराट नर्सिङ हस्पिटलमा काम गर्दा अहिलेसम्म ६ वटा यस्तो केस आएको उनले सुनाए । आएको सबै केसहरु सफल भएको उनको भनाइ छ । यस्ता विरामी ढिलो आए बचाउन नसकिने डाक्टर गुप्ताले सुनाए । हातको आरटी« काटिएको विरामी जतिसक्दो चाँडै हस्पिटल आए बचाउन सकिने उनी बताउँछन् ।

‘अहिले सफल उपचार भएको विरामीको हातबाट रगत कन्ट्रोल भएको थिएन । आरट्री काटिएको थियो । कुइनो माथि हुन्छ एउटा मात्र ब्रेकियल आरट्री । यसले रगतलाई संचार गर्ने काम गर्दछ । माथिको आरट्री काटिएको थियो । विरामी हस्पिटलमा दुर्घटना भएको एक घण्टा भित्र आइपुगेका थिए । यहाँ आउँदा विरामीका अफान्त कोही थिएन,’ डाक्टर गुप्ताले भने, ‘ हामीले प्रहरीलाई साक्षी राखेर अप्रेसन गरियो । ९ः १५ मा अप्रेसन सुरु गरेको विहान ३ः १५ मा अप्रेसन सकियो । यसरी ६ घण्टा लगाएर अप्रेसन गरी विरामी बचाएका छौं ।’

अप्रेसन गरेको दुई हप्तापछि शुक्रबार डिस्चार्ज गरिने उनले बताए । ‘अहिले विरामी ठिक भएको र घाउ पनि ठिक भएकोले डिस्चार्ज दिने तयारी गरिएको हो,’ डाक्टर गुप्ताले भने ।विराट नर्सिङ होममा नयाँ जीवन पाएको विरामी स्वर्णकारले बताए । ‘हस्पिटल ल्याउँदा मेरो अवस्था एकदमै नाजुक रहेछ । अप्रेसन गरेको भिडियो हेरेपछि थाहा पाएँ । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर दुई हप्तापछि ठिक हुँदै गएको छु,’ डिस्चार्जको अघिल्लो दिन स्वर्णकारले भने, ‘अहिले घाउ पनि ठिक हुँदै गएको छ ।’

Comments

सम्बन्धित खवर