•  ८ बैशाख २०८१, शनिबार
  •  3:57:31 PM

एसीसी प्रिमियर कप : नेपालले गुमायो दुवै ओपनर

- बैशाख ८, २०८० मा प्रकाशित


इटहरी । नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध खाता नखोल्दै दुवै ओपनर गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४ ओभरमा दुवै ओपनर गुमाएको हो ।

नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए भने अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भएका थिए । ४ ओभरको खेल सकिँदासम्म नेपालको कुनै खाता खोल्न सकेको छैन् । नेपालले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर मात्र ५ रन बनाएको छ । अहिले क्रिजमा भीम सार्की २ र कप्तान रोहित पौडेल ३ रन बनाएर खेलिरहेका छन् ।

Comments

सम्बन्धित खवर