ताप्लेजुङका सरकारी विद्यालयमा पाठ्यपुस्तक बिक्री वितरण सुरु
- चैत्र ३०, २०७९ मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङका सरकारी विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन् ।
लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो ।
यो वर्ष समयमै पाठ्यपुस्तक आएपछि विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमा नै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए ।
यो पटक कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक ल्याइएको छ । अघिल्लो शैक्षिक सत्रमा बिक्री वितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्री वितरण गर्ने बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments